रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

रुपन्देहीको क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे विजयी भएका छन् । ९ हजार ७ सय मतान्तरसहित नेपाली काँग्रेसका उम्मेदवार भरत शाहलाई हराउँदै घिमिरे विजयी भएका हुन । घिमिरेले ३६ हजार ८२२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार शाहले २७ हजार १२० मत प्राप्त गरेका छन् ।

१ लाख २९ हजार १ सय ३५ मतदाता रहेको क्षेत्र नम्बर ५ मा ८५ हजार ७ सय ४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पराजित शाह यसअघिका ३ निर्वाचनमा सांसद रहेकोमा अहिले ह्याट्रिक गर्ने सोचमा थिए तिलोत्तमाका निवर्तमान मेयर वासुदेवले उनलाई पराजित गरेका हुन् । ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार