डाक्टर तोसिमा कार्की बनिन् सांसद

ललितपुर – प्रतिनिधिसभा सदस्यमा ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की डाक्टर तोसिमा कार्की विजयी भएकी छन् ।

निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी ३१ हजार एक सय ३६ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी भइन् । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरे ।

नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार