काठमाडौँ– ८ मा घण्टीलाई अग्रता

काठमाडौँ — काठमाडौं क्षेत्र नं. ८ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । यहाँ हाम्रो नेपाली पार्टीका सुमन सायमिले श्रेष्ठलाई पछ्याइरहेका छन् ।

एमाले तेस्रो र लोकतान्त्रिक वाम गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार चौथो स्थानमा छन् । पछिल्लो परिणामअनुसार स्वतन्त्र पार्टीका श्रेष्ठले ६११ मत प्राप्त गर्दा हाम्रो नेपाली पार्टीका सायमीले ६०३ मत ल्याएका छन् ।

नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०७ मत र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २२१ मत पाएका छन् । जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार