काठमाडौँ – ७ मा रास्वपालाई अग्रता

काठमाडौँ — काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । यस क्षेत्रमा एमालेका उम्मेदवार दोस्रो र माओवादी केन्द्रका उम्मेदवार तेस्रो नम्बरमा छन् ।

काठमाडौं ७ मा ७ सय ९ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले १७७ मत प्राप्त गरेका छन् ।

एमालेका श्यामकुमार घिमिरेले ९३ र माओवादी केन्द्रकी मानुषी यमीले ७५ मत प्राप्त गरेकी छन् । यो क्षेत्रमा हाम्रो नेपाली पार्टीका प्रवेन्द्र पोख्रेलले ७२ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार