पाँच वर्षपछि मलाई पनि उम्मेदवारको रुपमा देख्नुहुनेछ : राजेश हमाल

काठमाडौं – अभिनेता राजेश हमालले अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने बताएका छन् । काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै हमालले राजनीतिमा आउने संकेत गरेको हुन् ।

‘अबको पाँच वर्षमा मलाई पनि उम्मेदवारको रुपमा देख्नुहुनेछ,’ उनले भने । हमालले यो चुनावले राजनीतिमा ठूलो परिवर्तन आउने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार