डब्लुएचओले कोरोनाको भेरियन्टलाई नयाँ नाम दियो, नेपालमा फैलिएको भेरियन्टको नाम ‘डेल्टा’

डब्ल्युएचओले कोरोना भाइरसको भेरियन्टलाई नयाँ नाम दिने भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तिनको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ ।

भाइरसको नयाँ भेरियन्टमा देशको नाम जोडिएको भन्दै भारत लगायतका मुलुकले गुनासो गरिरहँदा डब्लुएचओले नयाँ भेरियन्ट नामाकरणको नयाँ विधि निकालेको हो ।

डब्लुएचओले अब यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर चिनाउनेछ ।

जसअनुसार अब युके भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरियन्टलाई बिटा अनि भारतीय भेरियन्टलाई डेल्टा भनिनेछ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ ।

भारतमै फेला परेका(B.1.617.2) र (B.1.617.1) भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ । त्यसैले  नेपालमा फेला परेका यी भेरियन्टलाई पनि डेल्टा र कप्पा भन्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा‍. सागर राजभण्डारीले बताए । ज्यादै संक्रामक मानिने भारतमा फेला परेको ‘डेल्टा’ भेरियन्ट विश्वका ५० भन्दा बढी देशमा फैलिएको बताइन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार