नेपालमा आइतबार थप ४ हजार ३६९ जनामा कोरोना पुष्टि, १०९ जनाको मृत्यु

६ हजार २०५ संक्रमित निको

नेपालमा आइतबार थप ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि भएको छ । १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५७ हजार ७९१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ सय ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ७ हजार २ सय ७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै कोरोनाका कारण थप ६ हजार २०५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ४ लाख ४० हजार ९५५ जना कोरोनामुक्त भएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार