नम्बर टिपाएकासँग ओलीले गरे फोनमा कुराकानी (फोटोसहित)

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नम्बर टिपाएका सर्वसाधारणमध्ये गोला तानेर परेका नम्बरमा फोन गरेर कुराकानी गरेका छन्। ओलीसँग कुराकानी गर्न एक लाख ७१ हजार सात सय ८३ जनाले नाम र नम्बर टिपाएको ओलीको सचिवालयको दाबी छ।

शुक्रबार ओलीले पार्टी कार्यालय च्यासलबाट सर्वसाधारणसँग कुराकानी गरेका छन्। ओलीले आगामी चुनावलगायत समसामयिक विषयमा कुराकानी गरेको उनको सचिवालयले जनाएको छ।

 

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार