कोरोना संक्रमणबाट नेपाली सेनाका सहायक रथी केसी निधन

कोरोनाभाइरसको संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ । कोरोनाभाइरसको संक्रमण भएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचारत केसीको बिहीबार बिहान निधन भएको हो ।

कोरोना संक्रमणबाट ज्यान गुमाउने केसी नेपाली सेनाका उच्च अधिकारी हुन्। केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए। एक महिनादेखि अस्पतालमा रहेका उनलाई केही भन्टिलेटरमा समेत राखिएको थियो।

करिब एक महिनाअघि देखि उपचाररत केसीलाई चार दिन अघि सैनिक अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो । उनी काठमाडौंको न्युरोडका स्थानीय हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार