चितवनबाट देशलाई नै विकासको मोडल सिकाउछौँ : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहजिल्ला चितवनबाट देशलाई नै विकासको मोडल देखाइ दिने बताएका छन्।

आइतवार भरतपुरमा भएको पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘यो जिल्लाको विकास र समृद्धिका तथा राष्ट्रको समृद्धिको आकांक्षासहित तपाईंहरु माओवादीमा प्रवेश गर्नु भएको छ । मलाई यो क्षेत्रको नेताका रुपमा ठूलो जिम्मेवारी दिनु भएको छ। हाम्रो निकै लामो संघर्ष र बलिदानबाट समावेशी र संघीय गणतन्त्र आइसकेको छ। सबैलाई समानता र विकासको तीव्र गतिको चाहिएको छ।’

प्रचण्डले विभिन्न दल र समुदाय मात्रै होइन उद्यमीहरु पनि पार्टीमा प्रवेश गरेको बताउँदै चितवनमा नमुना विकासको प्रयास गरिररहेको तर्क गरे।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार