सुनको मूल्य फेरि १४ सयले बढ्यो, आज कतिमा हुँदै छ कारोबार?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामै १ हजार ४ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको छ ।

योसँगै शुक्रबार छापावाल सुन १ लाख ३७ हजार २ सय र तेजाबी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन १ लाख ३५ हजार ८ सय र तेजाबी सुन १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको पनि २० रुपैयाँले मूल्य बढेको छ । चाँदीको मूल्य आज १ हजार ६ सय ७५ रुपैयाँ प्रतितोला पुगेको छ । यसअघि बिहीबार चाँदी १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३ सय ३५ र चाँदी २७.५६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार