सन्दीप लामिछाने सिपिएलको ट्रिन्बागो नाइट राइडर्सबाट खेल्ने

Sunrise Bank Middle Size

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्ने भएका छन् । राइडर्सले उनलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो ।

लामिछानेले लगातार चौथो पटक सिपिएल खेल्ने अवसर प्राप्त गरेका हुन । सन् २०१८ मा उन पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्समा पाँच हजार अमेरिकी डलरमा अनुबन्धित थिए । लामिछानेलाई सन् २०१९ मा दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलरमा तथा सन् २०२० मा जमैका तल्लावाहजमा ९० हजार अमेरिकी डलरमा अनुबन्धित थिए ।

यस पटक लामिछानेको अनुबन्धित रकम खुलाइएको छैन । लामिछाने सम्मिलित हुने नाइट राइडर्सका कप्तानमा केइरन पोलार्ड तथा अन्य खेलाडीमा सुनिल नराइन, दिनेश रामदिन, कोलिन मुरनो, ड्यारेन ब्राभो, लेन्ड सिमोन्स, सिकन्दर राजा, अखिल हुसेन, ख्यारी पिएरेलगायत रहेका छन ।

गत वर्षको सिपिएलमा लामिछानेले जमैकाका लागि ११ खेलमा १२ विकेट लिएका थिएयो । हालसम्म खेलेको सिपिएलका तीन वटै संस्करणमा उनले ३३ विकेट लिइसकेका छन । सन् २०२१ को सिपिएल आगामी अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सञ्चालन हुने छ ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...