काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा

किराना पसल पनि खोल्न नपाइने

काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा एक साता थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

तरकारी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइने तर अन्य पसलहरु बन्द हुनेछन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार