काठमाण्डौमा हनी ट्रयापमा पारेर पैसा असुल्ने युवतीको गिरोह सक्रिय

सोझी युवतीको भेषमा नजिकिएर भिडियो बनाउने र ब्ल्याकमेल गर्ने धन्दा

काठमाण्डौंमा हनी ट्रयापमा फसाई रकम असुल्ने गिरोह सक्रिय बनेको छ । गएको एक हप्तामा मात्रै यस्तो कार्यमा संलग्न दुई समूहलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरि कारबाही अघि बढाएपछि हनी ट्रयापमा सक्रिय गिरोहबारे खुलासा भएको हो ।
प्रहरीले शनिबार र आईतबार मात्रै दुई भिन्न स्थानबाट गोप्य स्थानमा बोलाउने अश्लिल भिडियो खिच्ने र पैसाको बार्गेनिङ गर्ने समूहलाई पक्राउ गरेको छ । यस्तो कार्यमा २५ देखी ४५ वर्ष समूहका युवती महिला सक्रिय छन ।

विहिबार महानगरीय अपराध महाशाखा काठमाडौंले ‘हनी ट्र्याप’मा पुरुषलाई फसाई रकम असुल्ने दुई जना महिलालाई कपनबाट पक्राउ गरेको थियो । त्यसको दुईदिन बित्न नपाउदैं शनिबार गोगंबु बसपार्कबाट सोही आरोपमा अर्का दुई युवती पक्राउ परे ।
कपनबाट विहिबार पक्राउ पर्ने सुर्खेत जिल्ला विरेन्द्रनगर–१० घर हाल घट्टेकुलो, काठमाडौं बस्ने ३७ वर्षिया लालसरी शाही ‘ललिता’ र कपन बस्ने ३७ वर्षिया कल्पना हमाल हुन भने । शनिबार गोगंबुबाट पक्राउ पर्ने भेरी नगरपालिका ६ जाजरकोटकी संगिता साह ‘ऋतु’ र साँगाचोकगढी १२ सिन्धुपाल्चोककी सुस्मिता गिरी छन ।

यी दुवै घटनाको प्रकृति भने समान छ । पुरुषलाई सामान्य सोझी महिलाको रुपमा आर्कषित गर्ने र नजिकिदैं गएपछि होटल वा यस्तै गोप्य स्थानमा बोलाएर भिडियो बनाउने र त्यसलाई हतियारको रुपमा प्रयोग गदै पैसा असुल्ने गरेको देखिएको छ ।

यस्तो गिरोहले राजधानी काठमाण्डौमा पैसा भएका व्यापारी, सरकारी उच्च पदस्थ कर्मचारीका साथै विदेशबाट फर्केका नेपालीलाई तार्गेट बनाएर उनिहरुले काम गदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका शाह र गिरीले दुई युवकलाई चावहिल स्थित गेष्ट हाउसमा भेट्न बोलाई कोठामा संगैबसी, संगै बसेको भिडियो गोप्यरूपमा साथीलाई रेकर्ड गर्न लगाई सोही भिडियो म्यासेन्जर मार्फत पिडितलाई पठाएर ब्ल्याकमेलिङ गरी पटक–पटक गरी नगद ८ लाख र शंकर खनालको नाममा ५ लाखको चेक काट्न लगाएका थिए ।
यस्तै विहिबार पक्राउ परेका शाहीले कोटेश्वर बस्ने एक पुरुषलाई सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई कोठामा सँगै बसेको भिडियो गोप्यरूपमा साथिलाई रेकर्ड गर्न लगाएर सोही भिडियो म्यासेन्जर मार्फत पिडितलाई पठाएर ब्ल्याकमेलिङ गरी पटक–पटक लाखौं रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

शाही र हमालले पटक–पटक गरी लाखौं रकम असुलेपछि पीडितले महाशाखामा उजुरी हालेका थिए ।

प्रहरीका अनुसार काठमाण्डौमा दैनिकजसो यस्ता घटना भएपनि पीडित आफ्नो इज्जत जाने डरले प्रहरीमा उजुरी नगर्ने हुदाँ यस्ता गिरोह थप सक्रिया बनेका छन । गएको कार्तिकमा पनि काठमाण्डौबाटै सुन्दर युवतीको भेषमा पुरुषलाई फसाएर भिडियो बनाउने तथा पैसा असुल्ने कार्यमा संलग्न एक युवती र एक पुरुषलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार