७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि, १९३ जनाको मृत्यु

७ हजार ६६४ संक्रमित निको भए

नेपालमा आइतबार थप ७ हजार ९ सय १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ पीसीआर र ९३१ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १३ हजार १६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १९३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ६ हजार ३४६ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ७ हजार ६६४ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म तीन लाख ९१ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ लाख १५ हजार ५४७ सक्रिय संक्रमित रहेका छन् भने ८८६ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २८ लाख ९७ हजार ५०३ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार