खेल सुरु भएको ८ सेकेन्डमै गोल

फ्रान्सेली लिग वन अन्तर्गत आइतबार राती जारी खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड किलियन एमबाप्पेले खेल सुरु भएको ८ सेकेन्डमै गोल गरेका छन् ।

लिलविरुद्ध खेल सुरु हुने बितिक्कै एमबाप्पेले गोल गर्न गरेका हुन् । लियोनेल मेस्सीले मैदानको बिचबाट दिएको लामो पासलाई नियन्त्रणमा लिँदै एम्बाप्पेले सुन्दर गोल गरे ।

उक्त खेलमाएमबाप्पेको ह्याट्रिक तथा नेयमारको ह्याट्रिक असिस्ट मद्दतमा पिएसजीले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको छ । पिएसजीले लिलमाथि उसकै मैदानमा ७–१ को फराकिलो जित दर्ता गरेको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार