विश्वकम छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाको खेल रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकप २०२२ को छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीच स्थगित भएको खेल रद्द गर्ने निर्णय लिएको छ । दुवै देशको फुटबल संघको आग्रहमा फिफाले यो निर्णय लिएको हो ।

गत भदौमा भएको ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट खेलको नाटकीय रुपमा रद्द हुन पुगेको थियो ।

सातौं मिनेटमा नै ब्राजिलको अधिकारिक स्वास्थ्य निकाय एन्भिसाका प्रतिनिधि अर्जेन्टिनी खेलाडीले कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड तोडेको भन्दै मैदानभित्र नै प्रवेश गरेका थिए ।
त्यसपछि खेल स्थगित हुन पुगेको थियो । उक्त खेल रद्ध भएको घोषण गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार