कन्सल्टेन्सीहरुले नेपालमा भित्र्याउने विप्रेषण रकमको सीमा बढ्यो

नेपाल राष्ट्र बैंकले कन्सल्टेन्सीहरुले नेपालमा भित्र्याउने विप्रेषणको रकमको सीमा बढाएको छ । यसअघि एक पटक वा पटक पटक गरी दैनिक १० लाख रुपैयाँसम्म विप्रेषण रकम ल्याउने पाउने व्यवस्था रहेको थियो । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्रमा १० लाखको सिमालाई ५ लाख थपेर १५ लाख रुपैयाँ कायम गरिएको छ । अब कन्सल्टेन्सीहरुले नेपालमा एक पटक वा पटक पटक गरी दैनिक १५ लाख रुपैयाँसम्म विप्रेषण भित्र्याउन सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार नेपाली विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था, शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश (नागरिक, वा फर्म/कम्पनी/संस्था) बाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक १५ लाख सम्म विप्रेषण ल्याउने पाउनेछन् ।

यस्तै बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालकसँग सहकार्य गरी जारी गरेका कार्यमा समेत विद्यमान व्यवस्थाको अधीनमा रही विप्रेषण भित्र्याउन सक्ने भएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार