७० लाखसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं । करिब ७० लाख रुपैयाँसहित समातिएका हुण्डी कारोबारी नुवाकोट ककनी-३ का नवराज ढुङ्गानाविरुद्ध मुद्दा दायर भएको छ।

राजस्व अनुसन्धान विभागले हुण्डी कारोबारी ढुङ्गानासहित सोही ठाउँका फणिन्द्रप्रसाद ढुङ्गाना , हाल जापान बस्ने प्रज्वल ढुङ्गाना र नुवाकोट भीरकोटगढी ११ का सुवास जंग पाण्डे विरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

उनीहरूले विदेशी विनिमय नियमित गर्ने ऐन विपरीतको कसुर गरेको ठहर गरी विभागले बरामद रकम जफत गर्न मागदाबी लिएर अभियोगपत्र दायर गरेको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार