डिसहोमको नयाँ सेवा ‘आईपि टिभी’ शुभारम्भ (भिडियो)

डिस मिडिया नेटवर्कले आईपि टिभीको सेवा शुभारम्भ गरेको छ । उक्त कम्पनीले ईन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर आईपि टिभीको सेवा शुभारम्भ गरेको जनाएको छ।

डिसहोमले एक पत्रकार सम्मलेन गर्दै डिशहोम आई टिभीको सुरुवात गरेको जनाएको हो । २०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसंग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवा लाई संचालनमा ल्याएको थियो ।

नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिस मिडिया नेटवर्क विगत १२ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन सफल रहेको छ ।

पे टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिस मिडिया नेटर्वकले आफ्नो व्यवसाय लाई विस्तार संगै अन्य सेवा प्रदायक भन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, ईन्टरनेट, टिभी र आईपी टिभीमा समेत आफ्नो सेवा लाई विस्तार गरेको छ ।

दुर्गम ठाउँसम्म टेलिभिजनको पहुँच पुर्याएर सञ्चारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिसमिडियाले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय बिक्रि पछिको सेवा पनि प्रदान गर्दै आएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार