नबिल र नेपाल बंगालदेश बैंकको एकिकृत कारोबार असार २७ गतेबाट

नबिल बैंक र नेपाल बंगालदेश बैंकको एकिकृत कारोबार असार २७ गतेबाट हुने भएको छ । मर्जरपछि एकिकृत कारोबार असार२७ गतेबाट हुने छ ।

दुई बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकिकृत कारोबार गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै एकिकृत कारोबार हुन लागेको हो ।

नबिलले एनबी बैंकलाई प्रति सेयर ४३ रुपैयाँका दरले गाभेको हो । यस हिसाबले नेपाल बंगलादेश बैंकबाट नबिललाई चुक्ता पुँजीमा ४ अर्ब ३३ करोड रुपैयाँ थपिने छ। यसो हुँदा एकिकृत कारोबार गर्ने नबिलको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ हुने छ ।

हाल नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रहेको छ भने नेपाल बंगलादेशको चुक्ता पुँजी १० अर्ब ८ करोड रहेको छ ।

दुई बैंकको असार ७ गते सम्पन्न विशेष साधारण सभाबाट एक आपसमा गाभ्ने तथा गाभिने प्रस्ताव पारित भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार