नेपालमा बिहीबार थप ८ हजार ९६० जनामा कोरोना पुष्टि, २१४ जनाको मृत्यु

५ हजार ५५ जना संक्रमितले जिते कोरोना

नेपालमा बिहीबार थप ८ हजार ९ सय ६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४७४ पीसीआर र ७७१ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २१४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ४ हजार ४ सय ६६ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ५ हजार ५५ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म तीन लाख २१ हजार ५१८ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ लाख ५ हजार २०७ सक्रिय संक्रमित रहेका छन् भने ४९७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २७ लाख १२ हजार ५६२ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार