काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको कोरोना संक्रमणबाट निधन

काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । श्रेष्ठको टेकु अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ५ बजे निधन भएको हो ।

ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए । स्वास्थ्य बिग्रदै गएपछि आइसियुमा राखेर उपचार गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार