आइतबार थप ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि, ४ हजार २२ जना निको

नेपालमा आइतबार थप ८ हजार ८ सय ५० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ७८७ पीसीआर परिक्षणका क्रममा ८ हजार ७ सय ७७ जना र ५०६ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ६६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५२ जनाको मृत्यु भएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना यसअघि सरकारी तथ्यांकमा समावेश नभएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसमेत गणना गर्दा आइतबार मृतक संख्या ८८ रहेको छ भने हालसम्म कोरोनाका कारण ३ हजार ७२० जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ४ हजार २२ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म तीन लाख २ हजार ७८७ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ८८ हजार १६० सक्रिय संक्रमित रहेका छन् भने ४१९ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २६ लाख ३४ हजार ४०७ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार