अजोड इन्स्योरेन्सको सीईओमा कुमार खत्री दोहोरिए

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कुमारबहादुर खत्रीलाई पुनः नियुक्त भएका छन्। खत्रीलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने कम्पनी बोर्डको निर्णय तथा प्रस्तावलाई बीमा समितिले स्वीकृति दिएको छ। समितिले जेठ ९ मा स्वीकृति दिएको हो  ।

यससँगै उनी अब थप चार वर्षका लागि अजोडको सीईओको भूमिकामा रहने भएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार