प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा र स्वकीय सचिव भण्डारीलाई पुनः कोरोना संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थापा र भण्डारीलाई भाइरसको पहिलो लहरमा संक्रमण पुष्टि भएको थियो ।

प्रधानमन्त्रीसहित उनको सचिवालयका एक दर्जन व्यक्तिमा भाइरस परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओलीको भने कोरोना नेगेटिभ आएको छ ।

दुवै डोज कोभिसिल्ड खोप लगाएका सचिवालयमा कार्यरत रुपेश आचार्यको नतिजा पनि पोजेटिभ आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार