गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का

तीन जीवन बीमा कम्पनी एक आपसमा मर्जरमा जाने भएसँगै शेयर कारोबार रोक्का भएको छ ।

गुराँस लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिने सम्बन्धि प्रारम्भिक सहमतिपत्रमा सम्झौता भएसँगै आजदेखि यी तीन कम्पनीको शेयर कारोबार रोक्का भएको हो ।

गुराँस, प्राइम र युनियन लाइफबीच वैशाख २९ गते सम्झौतापत्रमा हस्ताक्षर भई नियमक निकाय बीमा समितिमा सैद्धान्तिक स्वीकृतिको लागि संयुक्त निवेदन पेश गरिएको छ ।

अर्को व्यवस्था नभएसम्मको लागि यी तीन कम्पनीको शेयर कारोबार धितोपत्र दोस्रो बजारमा रोक्का रहनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार