थप ८ हजार ६५९ जनामा संक्रमण पुष्टि, ५८ जनाको मृत्यु

हालसम्मकै सर्वाधिक संक्रमण र मृत्यु

नेपालमा बुधबार अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन् भने कोरोनाका कारण अहिलेसम्मकै बढी मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने थप ५८ जनाको मृत्यु भएको छ, जुन हालसम्म कै उच्च हो ।

२० हजार ७५६ पीसीआर विधिबाट परिक्षण गर्दा ८ हजार ६०५ जना र ६१६ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५८ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ३ हजार ४७५ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै थप १ हजार ९९३ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ८९ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ६६ हजार ३५२ सक्रिय संक्रमित रहेका छन् भने ३८१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २५ लाख ५८ हजार ५१ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार