कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ द मन्थ’ मा मनाेनीत

राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘प्लेयर अफ द मन्थ’ मनोनीत भएका छन् । आइसिसीले अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई प्लेयर अफ द मन्थको मनोनयनमा सार्वजनिक गरेको हो ।

कुशलसँगै पाकिस्तानका कप्तान बाबर आजम र पाकिस्तानकै ओपनर फखर जमान उत्कृष्ट तीनमा परेका हुन् । अब समर्थकले खुला मतदानमार्फत यी तीनमध्ये एक खेलाडीलाई भोट गर्न सक्नेछन् ।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी श्रृखंलाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा गत अप्रिल महिनामा डेब्यू गर्दै विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए । डेब्यु गर्दा लगातार तीन खेलमा अर्धशतक लगाउने उनी विश्वकै पहिलो ब्याट्सम्यान हुन् ।

अन्तर्राष्ट्रिय टी ट्वान्टीको पाँच खेलमा उनले २७८ रन बनाए । पहिलो प्रतियोगिता खेलेपछि मात्रै टी ट्वान्टीको विश्व वरीयताको एक सय ब्याट्सम्यानको सूचीमा भुर्तेल सूचीकृत भएका हुन् ।

कुशललाई तपाँई भोट गर्न चाहनुहुन्छ भने यहाँ थिच्नुहोस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार