सिटिजन्स बैंकको नाफा १ अर्ब ५९ करोड

सिटिजन्स बैंकले ९ महिनामा १ अर्ब ५९ करोड नाफा गरेको छ ।  बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा २.८७ प्रतिशतले नाफा बढेको हो ।

बैंकले अघिल्लो वर्ष चैत मसान्तमा १ अर्ब ५४ करोड नाफा गरेको थियो । बैंकले चैत मसान्तसम्ममा १ खर्ब ४६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३६ अर्ब कर्जा दिएको छ । अघिल्लो वर्ष १ खर्ब २८ अर्ब निक्षेप संकलन गरेर १ अर्ब १३ अर्ब कर्जा दिएको छ । बैंकले एकवर्षमा १८ अर्ब निक्षेप बढाएको छ भने कर्जा २३ अर्बले बढाएको छ ।

बैंकले ब्याज आम्दानी मार्फत २ खर्ब ६८ करोड कमाएको छ । अघिल्लो वर्ष २ अर्ब ५४ करोड कमाएको थियो । १ अर्ब रुपैयाँले ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च बढेको तथा ब्याज आम्दानी बाहेक अन्य शिर्षकमा आम्दानी नबढ्दा बैंकको नाफा २.८७ प्रतिशतले मात्र बढेको देखिएको हो ।

बैंकको पुँजीकोष अनुपात १३.६२ प्रतिशत रहेको छ । खराब कर्जा अनुपात १.७२ प्रतिशत छ । बैंकको लागत अघिल्लो वर्षको भन्दा २ प्रतिशत बिन्दुले बढेको छ । अघिल्लो वर्ष ५.७१ प्रतिशत रहेको लागत अहिले ७.८२ प्रतिशत रहेको छ । जसले गर्दा बैंकको कर्जाको न्यूनतम बेसरेट २ प्रतिशत बिन्दुले भन्दा बढीले बढेको छ ।

अहिल्लो वर्ष ७.४४ प्रतिशत रहेको बेसरेट यो वर्ष ९.८१ प्रतिशत रहेको छ । बेसरेट बढेपनि बैंकले अघिल्लो वर्षको भन्दा कम स्प्रेडमा काम गरेको छ । अघिल्लो वर्ष ३.८६ प्रतिशत रहेको स्प्रेडदर यो वर्ष ३.७१ प्रतिशत रहेको छ ।

चुक्ता पुँजी बढे अनुसार नाफा नबढेपछि सिटिजन्सको प्रति सेयर आम्दानी घटेको छ । अघिल्लो वर्ष २०.७२ रुपैयाँ रहेको इपिएस १४.९३ रुपैयाँ रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा बढी छ । चैत मसान्तसम्म बैंकको कर्जा निक्षेप अनुपात ९०.६९ प्रतिशत रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार