पल विरुद्ध अनुसन्धान सकियो, के भन्छ प्रहरीले जुटाएको प्रमाण ?

काठमाडौं । नाबालिका गायिका जबरजस्तीकरणीको आरोपमा हिरासतमा रहेका अभिनेता पलशाह विरुद्धको अनुसन्धान सकिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरीले कार्यलय तनहुँले अनुसन्धान सकेर रायसहितको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयलार्य बुझाएको छ । अनुसन्धान सकिएसँगै उनीविरुद्ध अदालतमा मुद्धा दर्ताको तयारी भइरहेको छ ।

गायिकाले एक वर्षदेखि नायक शाहले विभिन्न प्रलोभनमा पारेर बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएकी थिइन्। नाबालिगका परिवारले फागुन ११ गते उजुरी दिएपछि शाह फागुन १५ गते प्रहरी हिरासतमा पुगेका थिए।

पीडित नाबालिगले फागुन १५ गते नै नवलपुरमा प्रहरीमा समेत बलात्कार उजुरी दिएकी थिइन्।नवलपुर प्रहरीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् बलात्कार मुद्दा दायर गरिसकेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार