एनएमबिका ग्राहकलाई जावलाखेलको सोवा हेल्थकेयर सेन्टरमा विशेष सहुलियत

एनएमबि बैंकले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टर उपचारका लागि पुग्ने आफ्ना ग्राहक तथा कर्मचारीलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ। सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलिक्लिनिक हो।

समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवामा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराइएको छ। उक्त अस्पतालले बैंकका एटीएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षणहरु र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउनेछ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक ऋचा श्रेष्ठले हस्ताक्षर गरेक छन्।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। छुटसम्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाइट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३९ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार