मदनकृष्णसहित उनको परिवारलाई कोरोना संक्रमण

मदनकृष्ण श्रेष्ठसहित उनको परिवारका पाँच जनालाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसँगै उनका छोराछोरी, बुहारी र नातिनीलाई कोरोना भएको श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

उनले लेखेका छन्,’म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना देखिएको छ । कोरोना भइसकेपछि सास्तीचाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाइ खेलाँची नगर्नु होला १ जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ।’

श्रेष्ठको आज जन्मदिन हो । उनले पोस्टमार्फत जन्मदिनको शुभकामना दिनेलाई पनि धन्यवाद दिएका छन् । यसअघि उनका मित्र हरिवंश आचार्यलाई पनि कोरोना भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार