काठमाडौंबाट करोडौ ठगेर भागेका बिशाल शाहको जनकपुरमा अर्को ठगी धन्दा

काठमाडौंमा परेका दर्जन बढि उजुरीमा कारबाही नहुदाँ जनकपुरबासी लुटिदैं

काठमाडौँबाट करोडौँ ठगेर भागेका विशाल शाह नेतृत्वको समूहले जनकपुरमा अर्को ठगी धन्दा चलाएको छ । बाबा अटोमाटाकाको नामबाट गाडी दिने भन्दै काठमाडौँमा करोडौँ ठगी गरेको उक्त समूहले अहिले जनकपुरमा त्यही प्रकारको धन्दा सुरु गरेका छ । बालकुमारी र भक्तपुरमा दुई वटा स्वरुम खोलेर सयौँ गाडीको बुकिङ लिएका विशाल शाहले बुकिङबापतको रकम र काम गर्न राखेका कर्मचारीको पारिश्रमिक समेत ठगेर भागेको थियो ।

यसबाहेक अन्नपूर्ण होटलंमा गाडी सार्वजनिक गर्ने कार्यक्रम राखेबापतको पैसा समेत यो समूहले अहिलेसम्म तिरेको छैन । उनै विशाल शाहको समूहले अहिले जनकपुरमा समेत गाडी स्वरुम सञ्चालन गरी त्यहाँका स्थानीयलाई ठगेको भन्दै स्थानीयले प्रशासनमा उजुरी दिएका छन् । काठमाण्डौमा हुँदा आफू बसेको घरको तिर्नुपर्ने भाडा समेत नतिरेको, काम गराएका तथा विज्ञापन प्रकाशन तथा प्रसारण गरेका बिल नतिरेको, कर्मचारीको पारिश्रमिक नदिएको, होटेलमा तिर्नुपर्ने रकम नतिरेको लगायतका आरोपमा उनीमाथि काठमाण्डौमा परेका दर्जन बढी उजुरीमा कारबाही नहुँदै उक्त समूहबाट फेरि जकपुरबासी लुटिन थालेका हुन् ।

विशाल शाह नेतृत्वको सो समूहले करिब चार वर्ष पहिले काठमाडौँमा बाबा अटोमाटा नामक कम्पनी सञ्चालन गरेको थियो । मल्टीक्स गाडी बिक्री सयौँ बुकिङ लिएपछि काठमाण्डौबाट भागेको यो समूहले सोझासिधा ग्राहकलाई झुक्काउन आफ्नो वेबसाइट समेत बनाएको छ । काठमाण्डौको नाम ठेगाना र नम्बर राखेर जनकपुरमा ठगी धन्दा चलाइरहेको कम्पनीको वेबसाइट समेत अहिलेसम्म अपडेट गरिएको छैन । त्यहाँ काम गर्ने कर्मचारीहरूले अहिले सम्म तलब नपाएको गुनासो गरेका छन् । बुकिङ लिएर कम्पनी सञ्चालकको समूह भागेपछि कर्मचारीहरू अलपत्र परेका छन् ।

दिनदहाडै ठगी धन्दामा सक्रिय सो समूहका विरुद्धमा प्रहरीमा दर्जन बढी उजुरी परेपनि कुनै कारबाही नहुँदा विशाल शाह लगायतको यो गिरोहले आफ्नो ठगी धन्दा निर्बाध रूपमा चलाएको छ । शाहले काठमाडौँमा हुँदा प्रतिगाडी ३० हजार बुकिङ बापतको रकम लिने गरेको थिए । सोही क्रममा काठमाडौँबाट १० करोड बढी ठगेर हिँडेको अनुमान छ । काठमाडौँ लगायत अन्य जिल्लामा समेत ठगीका उजुरी परेको छ ।

शाहसँग यस्तो ठगी गर्न गिरोहको नाइकेको रूपमा दीपेश बरालले काम गरिरहेका छन् । नेपाली नागरिकता समेत नभएका उनै बरालले सोझा सिधा नेपालीलाई ठगेर पैसा जम्मा गर्ने जिम्मा लिन्छन् र सोहीबापत शाहमार्फत कमिसन लिएर आफ्नो गुजारा चलाउने गरेका छन् । काठमाडौँ लगायत अन्य जिल्लाबाट ठगी गरेपछि भागेका कम्पनीका सञ्चालक शाहको मोबाइल अहिले अफ छ । नेपालमा शाहले ठगेका धेरै ग्राहकले उनको खोजी गर्न थालेपछि उनी भारतीय बजारमा लुकेर नेपालको सिमाक्षेत्रमा लुट मच्चाइरहेका छन् । काठमाण्डौबाट करोडौँ ठगेर भागेका शाहले अहिले जनकपुरमा दीपेश बरालमार्फत ठगी धन्दा चलाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार