प्रदेशको राजधानी जनकपुर तोकिएको विरोधमा मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार

मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको घरमा ढुङ्गा प्रहार भएको छ । मुख्यमन्त्री राउतको वीरगञ्ज महानगरपालिका –१३ तेजारथ टोलस्थित घरमा ढुङ्गा प्रहार भएको हो । ढुङ्गा लागेर घरको सिसा फुटेको छ ।

प्रदेशको स्थायी राजधानी जनकपुर तोकिएपछि वीरगञ्जमा असन्तुष्टि चुलिएको छ । मुख्यमन्त्री राउतले वीरगञ्जलाई राजधानी बनाउन भूमिका नखेलेको भन्दै कतिपयले असन्तुष्टि जनाउँदै आएका छन् । विभिन्न समूहले राजधानी तोकिनु अघि पनि वीरगञ्जलाई स्थायी राजधानी बनाउनुपर्ने माग राखेर वीरगञ्जमा प्रदर्शन गरेका थिए ।

वीरगञ्जलाई राजधानी बनाउनु पर्ने माग राखेर कांग्रेस कार्यकर्ताहरुले मंगलबार मोटरसाइकल जुलुस निकालेका थिए । उनीहरुले मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद, वीरगञ्ज राजधानी कायम गर जस्ता नारा लगाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार