सुरुङ्गामा माछापुच्छ्रे बैंकको क्युआरकोड

माछापुच्छ्रे बैंकले झापाको सुरुङ्गा बजारका व्यवसायीहरुलाई क्यूआरकोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुवात गरेको छ ।

नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक तथा व्यापारिलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उक्त सेवाको कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले संयुक्त रूपमा औपचारिक उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै माछापुच्छ्रे  बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा डिजिटल बैंकिङ्गको अपरिहार्यताका बारेमा बताएका थिए । सो क्युआर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले आफूले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्युआरकोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ ।

यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे  बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रामक रूपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।  स्थापना कालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे  बैंकले हालै मात्र नेपाली कर्मसियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइनमार्फत खाता एंव मुद्दती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार