काँग्रेस महाधिवेशन: मतदानको समय साढे १० बजेसम्मलाई थपियो

सभापतिको मतगणना सभागृहमा, अरु मत पार्टी कार्यालय लगिने

काँग्रेसको महाधिवेशनमा मतदानको समय फेरि थप गरिएको छ। निर्वाचन समितिले साढे १० बजेसम्मको लागि मतदानको समय लम्ब्याएको हो ।

यसअघि ५ बजेसम्मको लागि तय भएकोमा राति ९ बजेसम्म थपिएकोमा मतदान नसकिएकाले पुन थप गरिएको हो । राति साढे ८ बजेको सूचनाअनुसार ४ हजार ३ सयबढीले मतदान गरेका छन् । काँग्रेसमा कुल ४ हजार ७४३ मतदाता रहेका छन् ।

सभापतिको मतगणना सभागृहमा, अरु मत पार्टी कार्यालय लगिने
मतदान सकिएको एक घण्टामा मतगणना सुरु गर्ने तयारी छ । निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका सभापतिका उम्मदेवारहरुको मतगणना राष्ट्रियसभा गृहमा हुनेछ । १० स्थानमा मतगणना गर्ने तयारी छ ।

अरुको मतगणना भने पार्टी कार्यालय सानेपामा हुनेछ । मतदान सकिएलगतै मतपेटिकाहरुलाई सिलबन्दी गरेर पार्टी कार्यालय लगिने र सभापतिको गणना सकिएपछि मात्र गरिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार