काठमाडौँको टोखाको एक घरमा आगलागी, ५० लाख बराबरको क्षति (भिडियो)

काठमाडौँको टोखा नगरपालिका ९ दीपज्योतिमा आगलागी हुँदा ५० लाख रुपैयाँ बराबारको क्षति भएको छ । दीपज्योति स्थित एक निर्माणाधिन घरमा आगो लागेको प्रहरीले जनाएको छ ।

रौतहट घर भइ हाल सोही स्थानमा घर बनाउन लागेका सञ्जय यादवको घर जलेको प्रहरीले बताएको छ । एक तल्ला ढलान गरेर दोस्रो तलामा जस्ताले बारेर बसेको यादव परिवारको घर र सामान जलेर नष्ट भएको नयाँबसपार्क प्रहरी वृतका प्रहरी जवान सन्तोष खड्काले जानकारी दिए । घरधनी यादवका अनुसार घरभित्र करिब ९ तोला सुन रहेको थियो ।

आगो लाग्नुको कारण भने नखुलेको प्रहरीको भनाई छ । स्थानीय राना शमसेरका अनुसार दिउँसो ३.१५ बजेतिर सुरु भएको आगो दमकलको मद्दतले एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार