मंगलबार थपिए ३१५ जना कोरोना संक्रमित, दुई जनाको मृत्यु

नेपालमा मंगलबार ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ३८६ पिसिआर परिक्षणका क्रममा २७२ जना र २ हजार ४२४ एन्टीजेन परिक्षणका क्रममा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार ७६४ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ३०४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ५ हजार २ सय ५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ३ सय ५२ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Loading...