कुमारी बैंकले ल्यायाे ‘फोन लोन ईएमआई’ योजना

कुमारी बैंकले ‘फोन लोन ईएमआई’ योजना ल्याएको छ । जुन नेपाली बैंकिङ क्षेत्रमै पहिलो योजना हो । बैंकले सोमबार पत्रकार सम्मेलन गर्दै ‘बाई नाउ, पे लेटर’ भन्ने नाराका साथ यो योजना सार्वजनिक गरेको हो । जुन नेपाली बैंकिङ क्षेत्रमै पहिलो योजना हो ।

यससँगै कुमारी बैंकमा तलब खाता भएका ग्राहकले न्यूनतम १ हजारदेखि २ लाखसम्मको कुमारी स्मार्ट मोबाइल बैंकिङबाट यो सुविधा लिन सक्नेछन् ।

साे लोन १२ महिनाभित्रको अवधिमा तिर्न सकिने बैंकले जनाएको छ । बैंकले एफवान सफ्टसँगको सहकार्यमा यो योजना ल्याएको हो । ग्राहकलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने उद्देश्यले यो योजना ल्याएको बैंकले जानकारी गराएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार