राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

सरकारले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले नेपाल रग्बी संघका अध्यक्ष समेत रहेका घिसिङलाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेको हो ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तत्कालिन राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्त भएका थिए । सिलवाल आफूलाई गैरकानूनी रुपमा हटाइएको भन्दै अदालत जाने तयारीमा छन् । सर्वोच्च अदालतमा इजलास हडतालका कारण उनको मुद्दा सुनुवाई हुन सकेको छैन ।

नयाँ सदस्य सचिवको नाम सिफारिस गर्न युवा तथा खेलकुद मन्त्रालयले एक सिफारिस सिमिति गठन गरेको थियो ।

दरखास्त आह्वान गर्दा १८ जनाले दावी पेश गरेकामा सिफारिस समितिले घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम राखेप सदस्य सचिवका लागि सिफारिस गरेको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार