भाटभटेनीमा आईएमई पेमार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक अफर

आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धति ‘ आइएमई पे ’ को सेवाग्राही केन्द्रित योजना आजबाट सार्वजनिक गरिएको छ । सोही योजनाअन्तर्गत आईएमई पे सेवाग्राहीहरूका लागि नेपालभरिका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत  क्यासब्याकको अफर रहेको छ ।

साे योजना सार्वजनिक गरिएको अवसरमा आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पूर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीहरूले क्यासव्याकमार्फत भरपुर फाइदा उठाउन सक्ने खुसियाली व्यक्त गरेका छन् । साे अफरमा आइएमई पेमा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउनेछन् । यो एक पटकको वैध योजना हो, जसको अर्थप्रति प्रयोग १ क्यासव्याक हुनेछ । प्रयोगकर्ताले ३ सय रुपैयाँसम्म मात्र २० प्रतिशत छुट पाउन सक्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार