नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनसपछिको सेयर मूल्य समायोजन

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनसपछिको सेयर मूल्य समायोजन भएको छ । बैंकको बिहीबार ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

नेप्सेले बोनस सेयर समायोजनपछिको मूल्य ३३१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । बैंकले २९ मंसिरमा आयोजना हुने सभा प्रयोजनार्थ बिहीबार बुक क्लोज गरेको छ ।

बैंकले गत वर्षको नाफाबाट आठ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार