माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश प्रस्ताव

माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकको वुधबार बसेको संचालक समितिले गत आर्थिक वर्ष (२०७७/७८) को खुद मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ रुपैयाँ (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।

लाभांश अन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेर प्रति शेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ संचित छ ।

Loading...