विद्युतीय सवारीसाधन ‘अविता’को नयाँ ब्रान्ड सार्वजनिक गरिने

चीनको अग्रणी सवारी निर्माता चांगन अटोमोबाइलले हुवावे र सीएचटीएलसँगको संयुक्त साझेदारीमा ‘अविता’ नामक एक उच्चस्तरीय विद्युतीय सवारीसाधनको नयाँ ब्रान्ड सार्वजनिक गर्ने भएको छ ।

यस ब्रान्डको पहिलो गाडीको नमूनालाई ‘अविता ई ११’ नाम दिइएको छ । तीन भित्र उद्योगमा उच्चतम विशेषता हासिल गरेका कम्पनीहरुको एक संयुक्त साझेदारीमा अविता ई ११ गाडीको विकास भएको हो । कम्पनीका अनुसार यो ब्रान्डको गाडीहरुमा, उच्चस्तरीय बौद्धिक विद्युतीय सञ्जालको प्रयोग हुनेछ, जुन चांगन, हुवावे र सीएटीएलको संयुक्त सहकार्यबाट सम्भव भएको हो ।

यो सञ्जाललाई ‘सीएचएन’ नाम दिइएको छ, जुन तीन कम्पनीको नामहरुबाट संक्षिप्त गरिएको हो (चांगनको ‘सी’, हुवावेको ‘एच’ र निन्देशिदै सीएटीएलको ‘एन’) । अविता ई ११ मा चांगनको उच्चस्तरीय उद्योग सामग्री प्रयोग गरी उत्पादन गरिएको छ भने हुवावेले यस गाडीको पूर्ण स्ट्याक स्मार्ट कार समाधान र सीएटीएलले ब्याट्रीको प्रविधिको उत्पादन गरेका छन् । यो गाडीको नमूनालाई एक मध्यम आकारको विद्युतीय एसयूभीको दर्जा दिइएको छ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार