काठमाडौंमा आजबाट कक्षा ११ र १२ र विश्वविद्यालयका विद्यार्थीलाई खोप दिइने

काठमाडौंमा आज (शुक्रबार) देखि तीन दिनसम्म कक्षा ११ र १२ र विश्वविद्यालय तहका विद्यार्थीलाई पनि कोरोनाविरूद्ध खोप लगाउने भएको छ ।

स्वास्थ्य सेवा विभागको भदौ ३ को निर्णयअनुसार आजदेखि ८ गतेसम्म बिहान १० बजेदेखि ५ बजेसम्म भेरोसेल खोपको पहिलो मात्रा विद्यार्थीलाई लगाउन सुरू गरिनेछ ।

१८ वर्ष माथिका कक्षा ११ र १२ अध्ययनरत तथा विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप लगाउन लागिएको छ ।

यस्तै ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको छ ।

खोप काठमाडौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा उपलब्ध गराइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यस्तो छ सूचना:

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार