बिहीबार थपिए ३ हजार ७५ जना कोरोना संक्रमित, ३३ जनाको मृत्यु

सक्रिय संक्रमितको संख्या ४० हजार ५००

नेपालमा बिहीबार थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ९४६ पिसिआर परिक्षणका क्रममा २ हजार ३ सय २१ र ४ हजार ४९२ एन्टीजेन परिक्षणका क्रममा ७५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ३३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा १० हजार ४ सय २९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार १२६ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ९१ हजार २९९ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

यस्तै अहिलेसम्म ३८ लाख ३ हजार १५ वटा पिसिआर परिक्षण तथा ४ लाख १६ हजार ९८६ वटा एन्टीजेन परिक्षण गरिएको छ । हाल नेपालमा ४० हजार ५०० जना सक्रिय संक्रमित रहेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार