नेपालमा बुधबार थप २ हजार ८३८ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै ६९७ जना थपिए

नेपालमा बुधबार थप २ हजार ८ सय ३८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ६१६ वटा नमुनाको परिक्षण गर्दा २ हजार ९ सय ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मनत्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेल जानकारी दिए । यो संगै कोरोना संक्रमितको संख्या ७ लाख २४ हजार ४५५ पुगेको छ ।

त्यस्तै थप ३० कोरोना संक्रमितको मृत्यु भएको छ । प्रवक्ता डा.पौडेलका अनुसार हालसम्म नेपालमा ९ हजार ६ सय ३७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ४७५ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ३६ हजार ४०३ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

संक्रमितमध्ये ६९७ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९० ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित भेटिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार