चीनमा भीषण बाढी : कम्तीमा १२ जनाको मृत्यु, हजारौं विस्थापित

भारी वर्षापछि चीनका विभिन्न प्रान्तमा भीषण बाढी आएको छ । मुसलधारे वर्षासँग आएको बाढीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । शुक्रबारदेखि मंगलबारसम्म लगातार परेको पानीका कारण दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । पीडितको उद्धारका लागि तीन हजारभन्दा जनमुक्ति सेना खटाइएको छ ।

बाढीले मुख्य राजमार्गसमेत डुबानमा परेपछि सवारी साधन ठप्प छन् भने हवाई उडान पनि स्थगित गरिएको छ । वर्षाले सबैभन्दा धेरै प्रान्तको राजधानी झेङझाउ प्रभावित भएको छ। धेरै मानिसहरू झेङझाउको सब वेमा बाढी आउँदा फसेका थिए । झेङझाउ सहर एलो रिभरको छेउमा छ । अत्याधिक वर्षा भएपछि नदी बढेको छ भने बाँधिएका ड्याम जुनसुकै बेला फुट्ने खतरामा पुगेका छन् ।

झन्डै १० करोड जनसंख्या रहेको हेनान प्रान्तले वर्षा सुरु भएसँगै अस्वभाविक बाढी आउन सक्ने भन्दै चेतावनी जारी गरेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर र भिडियोहरुमा सडकहरू डुबेको र कारहरु बाढीमा बगेको दृश्य देख्न सकिन्छ । पछिल्लो बाढीले क्षति पुऱ्याएका कारण हेनानको बाँधमा पनि क्षति पुग्न सक्ने अनुमान गरिएको छ ।

Residents wade through floodwaters on a flooded road amid heavy rainfall in Zhengzhou, Henan province, China July 20, 2021. China Daily via REUTERS

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार