भिसाका कारण सन्दीपले गुमाए दी हन्ड्रेड क्रिकेट

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाएका छन् ।

ओभल इन्भिन्सिबलमा आबद्द सन्दीपले भिसाको कारण द हन्ड्रेड गुमाएका हुन् । इंगल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले फेसबुकमा लेखेका छन् ।

सन्दीपले टिएर ५ भिसा पाए पनि प्रतियोगिता खेलको लागि अनुमति नपाएको आफ्नो स्टाटसमा उल्लेख गरेका छन् ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा पहिलो पटक हुन लागेको दी हन्ड्रेडमा सन्दीप ६० हजार पाउण्डमा ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए ।

१०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने तालिका छ । पहिलो खेलमा इन्भिन्सिबल्स र म्यानचेस्टर ओरिजिनल्सबीच खेल हुनेछ । असार २४ गते इंग्ल्याण्ड पुगेका सन्दीपले बेलायतको सरकारको नियम अनुसार १० दिनको अनिवार्य क्वारेन्टिन पूरा गरेपछि भिसा समस्या आएको हो ।

अब सन्दीपको स्थानमा दक्षिण अफ्रिकी बलर ताब्रेज शाम्सीले इन्भिन्सिबल्सबाट खेल्ने बताइएको छ ।

यसअघि पनि भिसा र पासपोर्टको ढिलाइका कारण सन्दीपले इंग्ल्याण्डमै भइरहेको दी भाइटालिटी ब्लास्ट गुमाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार